भारतीय सहयोगमा निर्मित आँखा अस्पताल र शीत भण्डार उद्घाटन
काठमाडौंस्थित भारतीय दूतावासका प्रशासन प्रमुख करुण वंशलले भारत सरकारको सहयोगमा निर्मित दुई परियोजना उद्घाटन गरेका छन्।
काठमाडौं, चैत २३ : काठमाडौंस्थित भारतीय दूतावासका प्रशासन प्रमुख करुण वंशलले भारत सरकारको सहयोगमा निर्मित दुई परियोजना उद्घाटन गरेका छन्।
दुवै परियोजनाको लागत आठ करोड ९२ लाख रुपैयाँ छ। नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पताल र दाङ लमही बजारमा निर्मित राप्ती शीत भण्डार वंशलले उद्घाटन गरेका हुन्।
दूतावासका अनुसार दुवै परियोजना नेपाल-भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रूपमा निर्माण भएका हुन्।
चार करोड ६६ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित अस्पताल भवनमा जनरल वार्ड, प्राइभेट वार्ड, अपरेसन थिएटर, तालिम कक्ष, चिकित्सक आवास र ड्रेनेज सिस्टमको सुविधा छ।
यस्तै, भारतको चार करोड २५ लाख रुपैयाँ अनुदान तथा नेपाल सरकार र उपभोक्ता समितिको सहयोगमा नौ करोड ६६ लाख रुपैयाँमा निर्मित शीत भण्डार ३२०० एमटी क्षमताको छ।
प्रकाशित मिति: १५:५६ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)