Kathmandu Press

प्रदेश ३ मा तीन नाका खोल्ने तयारी

काठमाडाैं, जेठ २५ :  प्रदेश नम्बर ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन। प्रदेशको नामकरण गर्ने विषय....

 प्रदेश ३ मा तीन नाका खोल्ने तयारी

काठमाडाैं, जेठ २५ :  प्रदेश नम्बर ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन। प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ।

प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन्। राजधानीका बारेमा मकवानपुर, चितवन, काभ्रेमा राजधानी हुनुपर्छ भनेर प्रस्ताव दर्ता भएको छ।

Hardik ivf

प्रदेश सरकारले सबै सांसदसँग परामर्श गरेर नामको अन्तिम टुङ्गो लगाउने छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेशको नामकरण र राजधानी दुवै सबैको सहमतिमा राखिने बताए। “प्रदेशको नाम राख्ने र राजधानी कहाँ राख्ने विषयमा प्रदेश सांसदले संवैधानिक अधिकार प्रयोग गर्नुभएको छ, सर्वसम्मत रुपमा नाम र राजधानी हुन्छ”, सचिव पोखरेलले भने, “कतिपय सांसदलाई मेरै जिल्लामा हुनुपर्छ भन्ने छ तर त्यस्तो ठान्नु हुँदैन।”

उनले सर्वसम्मत ढङ्गले पार्टीको निर्देशन मान्नुपर्ने धारणा राखे। उनले केरुङ, तातोपानी र लामावगर नाका खोल्ने तयारीमा प्रदेश लागेको जानकारी दिए। प्रदेशले त्यहाँको विकासका लागि हेटाैँडा–कुलेखानी, टोखा–छहरे, नौबिसे– सुरुङमार्ग बनाउँदा राम्रो हुने योजना बनाएको छ। प्रदेशलाई शून्य कार्बनको प्रदेश बनाउने र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लागेको छ।

“भ्रष्टाचारमुक्त प्रदेश बनाउन मुख्यमन्त्री डोरमणि पौडेलदेखि सबै मन्त्रीहरु लागिरहनुभएको छ”, नेता पोखरेलले भने,“यो प्रदेश समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा लागेको छ।” प्रदेशले जनताउन्मुख बजेट आगामी असार एक गते ल्याउने तयारी गरेको छ । राष्ट्रिय आयभन्दा माथि आर्थिक वृद्धिदर बनाउने लक्ष्य राखेको छ।

सरकारले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने र सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको बाटो पनि नीति तथा कार्यक्रमलाई जोडेर ल्याउने तयारी गरेका छ। प्रदेशमा रहेको गरीब र विपन्नतालाई कसरी सम्बोधन गर्ने भनेर साधन र स्रोत उचित परिचालन गर्ने योजना बनाएको छ। रासस

प्रकाशित मिति: १२:०६ बजे, शनिबार, जेठ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्