Kathmandu Press

मुख्यमन्त्री : को सुरक्षित को असुरक्षित ?

तत्कालीन नेकपा बदर भई साबिकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिदा नयाँ सत्ता समीकरणको गृहकार्य हुन थालेको देखिन्छ।
मुख्यमन्त्री : को सुरक्षित को असुरक्षित ?

काठमाडौं, चैत २० : फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा एकता बदर गरेपछि नेपालको राजनीतिमा एकप्रकारको उत्तरचढाव आएको छ।

तत्कालीन नेकपा बदर भई साबिकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिदा नयाँ सत्ता समीकरणको गृहकार्य हुन थालेको देखिन्छ। सर्वोच्चको सो फैसलायता केही प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार निर्माणका लागि गृहकार्य सुरु हुन थालेको देखिन्छ। 
 

प्रदेश १ का मुख्यमन्त्री सुरक्षित

Hardik ivf

प्रदेश १ मा ९३ सांसद छन् । जसमा एमाले ५१, कांग्रेस २१, माओवादी केन्द्र १५, जसपा ३ अन्य ३ छन्। प्रदेश १ को अंकगणित हेर्दा मुख्यमन्त्री शेरधन राई सुविधाजनक बहुमतमा छन्।

माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेश १ का मुख्यमन्त्रीलाई कुनै फरक नपर्ने देखिन्छ। २२ फागुनमा सर्वोच्च अदालतले गरेको निर्णयअनुसार साबिकमा फर्किएको माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। चैत २३ मा प्रदेश सभाको बैठकअघि नै समर्थन फिर्ता लिने माओवादी संसदीय दलको योजना छ।

पुस १२ मा नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। एमालेको बहुमत रहेकाले अविश्वास प्रस्तावको औचित्य नरहेको देखिन्छ। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिई प्रतिपक्षमा बस्ने योजना छ। 

अन्य प्रदेशकाे स्थिति

वाग्मती प्रदेशमा १ सय ९ सांसदमा एमाले ५८, कांग्रेस २१, माओवादी २३, राप्रपा २ र अन्य ५ छन्। यो प्रदेशको अंकगणित हेर्दा एमालेका मुख्यमन्त्री डोरमणि पौडेलको मुख्यमन्त्री पदमा केही असर गर्न नगर्ने देखियो । बहुमतकमा आउन ५६ सांसद आवश्यक भए पनि मुख्यमन्त्रीसँग ५८ जना सांसद छन्। 

कर्णाली प्रदेशको अवस्था हेर्दा ४० सांसदमध्ये एमाले २०, कांग्रेस ६, माओवादी १३, राप्रपा १ छन्। जसमा माओवादी पार्टीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अवस्था भने चिन्ताजनक देख्न सकिन्छ। कांग्रेसलगायत राप्रपासँगको मिलोमतो गर्न चाहे पनि सांसदको संख्या नपुग्दो अवस्थामा छ। 

सुदूरपश्चिम प्रदेशमा ५३ सांसद छन्, जसमध्य एमाले २५, कांग्रेस १२, माओवादी १४ र जसपा २ रहेका छन्। माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्ट छन्। एमालेले समर्थन फिर्ता लिए भट्टलाई सरकार टिकाउन हम्मेहम्मे पर्ने देखिन्छ।

 प्रदेश २,  लुम्बिनी प्रदेश गण्डकी प्रदेश सरकार रहने या नरहने भन्ने विषयमा कुनै बहस भएको छैन।

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, चैत २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्