बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

मोरङ, चैत २० : बालिका बलात्कार गरेको आरोपमा उर्लाबारीबाट एक युवक पक्राउ परेका छन्।
तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई सुन्दरहरैंचा नगरपालिका-५ बाँसबारी बस्दै आएका २५ वर्षीय गोविन्द हिङमाङलाई इलाका प्रहरी उर्लाबारीले पक्राउ गरेको हो।
प्हरीका अनुसार फेसबुकबाट चिनजान भएकी १२ वर्षीया बालिकालाई फकाइफुल्याइ होलीका दिन उर्लाबारी नगरपालिका-७ मा ल्याई बलात्कार गरेको आरोप हिङमाङमाथि लागेको छ।
बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिए दिएपछि हिङमाङ पक्राउ परेका थिए। जिल्ला अदालत झापाबाट बिहीबार ६ दिनको म्याद थप गरी हिङमाङबारे अनुसन्धान भइरहेको जनाइउको छ।
प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












