Kathmandu Press

व्यवस्थापन र प्रविधिको चुनाैतीबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

काठमाडौं, जेठ २३ : व्यवस्थापन तथा प्रविधिमा देखिएका सम्भावना र चुनौतीबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ। ललितपुरको कुमारीपाटीस्थित मेगा ....

व्यवस्थापन र प्रविधिको चुनाैतीबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

काठमाडौं, जेठ २३ : व्यवस्थापन तथा प्रविधिमा देखिएका सम्भावना र चुनौतीबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ। ललितपुरको कुमारीपाटीस्थित मेगा नेशनल कलेजको आयोजनामा जेठ २५ र २६ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुन लागेको हो।

बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन कलेजका प्रमुख डा. घनश्यामप्रसाद साहले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विद्यार्थीहरुका लागि उपयोगी हुने बताए। जेठ २५ र २६ गते कलेज परिसरमा चल्ने सम्मेलनमा दुई हजार दुई सय विद्यार्थी सहभागी हुने उनले जानकारी दिए।

सम्मेलनमा अमेरिका, जर्मन, बेलायत, भारत, चीन, कोलम्बिया, फ्रान्सलगायत राष्ट्रका प्रतिष्ठित प्राध्यापक र अध्येताहरुको पनि सहभागीता रहनेछ। 

व्यवस्थापन र प्रविधिको क्षेत्रमा संसारभर भए-गरेका अभ्यासबारे जानकारी लिन, नेपालको अनुभव आदानप्रदान गर्न तथा व्यवस्थापनमा रुची रहेका विद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्न सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास रहेको क्याम्पस प्रमुख साहको भनाइ छ। 

कलेजले आयोजना गर्ने यस खालको सम्मेलनबाट विद्यार्थीलाई आगामी दिनका लागि अनुसन्धान कार्यका लागि सहयोग पुग्ने उनले बताए। 

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, जेठ २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्