Kathmandu Press

विष्णुमायाँको पहलमा जर्सी सिटी र ईन्द्रवती गाउँपालिकाबीच सिस्टर सम्वन्ध

न्युयोर्क, माघ ११ : अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबिच सिस्टर सिटी बनाउन सहमतिपत्रमा हस्ताक्षर भएको छ । विहिबार दुई मेयर....

विष्णुमायाँको पहलमा जर्सी सिटी र ईन्द्रवती गाउँपालिकाबीच सिस्टर सम्वन्ध

न्युयोर्क, माघ ११ : अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबिच सिस्टर सिटी बनाउन सहमतिपत्रमा हस्ताक्षर भएको छ । विहिबार दुई मेयर सहरका मेयरले आठ बुँदे सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न उक्त सम्वन्ध कायम गरेका हुन् ।

जर्सी सिटी मेयर स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांगले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यि दुईबीच औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो। जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी विशेष दूतको रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउने पहल सफल भएको हो। 

Hardik ivf

उक्त आठ बुँदे सम्झौता पत्रमा दुई शहरबिच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुसाशन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएकोछ। 

यस अघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस काउन्सिल रिजोलुसन पारित गरिएको थियो। टिपिएस रिजोलुसन पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा  सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह  सम्पन्न भएको थियो । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवतस् पहिलो घटना हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा. बिश्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गरेकिथिईन् ।

ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांग पूर्व अमेरिकी नेपाली एनआरएन हुन्। उनी ग्रिन कार्ड त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्। सामाजिक अभियन्ता डा. परियारले दुई मुलुकका स्टेकहोल्डरहरूसंग लामो परामर्श पछि कर्मभूमिबाट मातृभूमि फर्किएका तामांगको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो। मेयर तामांग प्रवासी नेपालीहरूले देख्ने सपनाको साकार रूप र उदाहरण हुन् भने डा। परियार अमेरिकामा रहेर नेपाल र नेपालीहरूको पहिचानको लागि विश्वस्तरमै कृयाशील सुपरिचित सामाजिक अभियन्ता हुन्।

प्रकाशित मिति: २२:०६ बजे, शुक्रबार, माघ ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्