Kathmandu Press

न्युयोर्कमा गाँजा प्रयोगलाई कानुनी मान्यता

काठमाडौं, चैत १८ : अमेरिकाको न्युयोर्क राज्यले वयस्कहरुमाझ हुने गाजाँको प्रयोगलाई कानुनी मान्यता दिन एक विधेक पारित गरेको छ। न्युयोर्क राज्यले मंगलबार यो...
न्युयोर्कमा गाँजा प्रयोगलाई कानुनी मान्यता

काठमाडौं, चैत १८ : अमेरिकाको न्युयोर्क राज्यले वयस्कहरुमाझ हुने गाजाँको प्रयोगलाई कानुनी मान्यता दिन एक विधेयक पारित गरेको छ। न्युयोर्क राज्यले मंगलबार यो विधेक पारित गरेको हो।

अमेरिकामा गाँजाको प्रयोगलाई कानुनी मान्यता दिने न्युयोर्क १५औं राज्य भएको छ। ‘न्युयोर्क देशको प्रगतिशील सहर भएको इतिहास विधमान नै छ र यो महत्वपूर्ण कानुनले फेरि एकपटक त्यो इतिहास कायमै राख्नेछ,’ गभर्नर एन्ड्रयु कोमोले मंगलबार एक विज्ञप्तिमा भने।

Hardik ivf

यस निर्णयलाई एक गाँजा सर्मथक समूह (एनओआरएमएल) ले स्वागत गरेको छ। हालसालै न्युयोर्क राज्यको आधिकारिक वेबसाइटले वयस्कहरुले प्रयोग गर्ने गाँजाबाट वार्षिक ३५ करोड रुपैयाँ कर संकलन भएको अनुमान लगाएको छ भने वयस्कमा हुने गाँजा प्रयोगले अमेरिकामा ३० हजारदेखि ६० हजार रोजगारीको सिर्जना गरेको देखाएको छ।

 

प्रकाशित मिति: १४:०० बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्