Kathmandu Press

शुक्लाफाँटामा मृत भेटियो बाघ

शुक्लाफाँटामा मृत भेटियो बाघ

महेन्द्रनगर, चैत १७ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको नेपाल भारत सीमामा पाटेबाघ मृत भेटिएको छ।

नेपाल भारत सीमा स्तम्भ नं. २४ नजिक पाटेबाघ मृत भेटिएको निकुञ्ज्ले जनाएको छ। निकुञ्ज कार्यालयका अनुसार मृत अवस्थामा फेला परेको पाटेबाघको शव परीक्षण भइरहेको छ।

बाघ कसरी मर्यो भन्ने खुलेको छैन। थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।

 

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्