दुई तिहाइको बजेटले जनतालाई निराश बनायो : सिंह
काठमाडौं, जेठ २३ : कांग्रेसका सांसद प्रकाशमान सिंहले दुई तिहाईको सरकारले ल्याएको बजेटले जनतालाई निराश बनाएको बताएका छन्।
आज संसदमा आर्....

काठमाडौं, जेठ २३ : कांग्रेसका सांसद प्रकाशमान सिंहले दुई तिहाईको सरकारले ल्याएको बजेटले जनतालाई निराश बनाएको बताएका छन्।
आज संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि छलफलका क्रममा सिंहले बजेटले नेपालको अर्थतन्त्रमा आएको ह्रासलाई हटाउन सक्नुपर्नेमा दुई तिहाईको सरकारले आर्थिक वृद्धि तथा आर्थिक नीतिमा ध्यान दिन नसकेको बताए।
‘नीतिमा ध्यान दिन सकेन। आम जनताको अपेक्षा गरे जस्तो काम गर्न सकेन। बलियो सरकारले ल्याएको बजेट कमजोर तरीकाले थिचेर बनाएको जस्तो भएको छ,’ उनले भने।
अहिलेको बजेट एकात्मक तरिकारले छेपारोको रङजस्तो भएको उनको भनाइ थियो। सरकारले स्थानिय र प्रदेशलाई अधिकार नदिइ उनीहरूलाई अधिकारबाट विमुख बनाएको बताए।
‘विकास निर्माणको लागि रानीपोखरी बन्न सकेको छैन,’ उनले भने, ‘धरहरा बल्ल सुरू गरेको जस्तो देखिन्छ।’ मेलम्चीको पहिलो चरणको काम पूरा नहुँदा दोस्रो चरणका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्दै सरकारले ध्यान नदिएको बताए।










