एनएमबी बैंकले सुरु गर्यो वातावरणमैत्री अभियान
काठमाडौं, जेठ २२ : विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले साइकलमा लगानी गर्ने नयाँ योजना सार्वजनिक गरेको छ।
बुधबार एनएमबी भिजा....
काठमाडौं, जेठ २२ : विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले साइकलमा लगानी गर्ने नयाँ योजना सार्वजनिक गरेको छ।
बुधबार एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको हो । ‘यो योजनाको उद्देश्य ग्राहकहरूलाई यातायातका लागि साइकल चयन गर्नका लागि उत्प्रेरित गर्नु हो’ बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जसका माध्यमबाट कार्बन उत्सर्जन कम गर्न र वातावरण संरक्षणमा मद्दत गर्न सकियोस्।’
ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज्को सदस्यका रूपमा बैंकले ‘मानव, समृद्धि र पृथ्वी’को सिद्धान्तलाई आफ्ना गतिविधिमा केन्द्रमा राखेर मूल्यमा आधारित बैंकिङमा जोड दिँदै आएको बताएको छ।
बैंकले वातावरण दिवस मनाउने क्रममा देशभरि नै आफ्ना प्रादेशिक कार्यालयहरूमार्फत् विभिन्न कार्यक्रमहरूको आयोजना पनि गर्यो । ती कार्यक्रमहरूमा बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालयमा स्थापना गरिएको नेट मिटरिङमा आधारित प्रशारण प्रणालीसँग आवद्ध ५० किलोवाटको छानामा राखिने सौर्य ऊर्जा प्रणाली (सोलार रुफटप)को उद्घाटन पनि गरेको थियो।
सौर्य विद्युत् प्रणालीको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र (एईपीसी)का कार्यकारी निर्देशक मधुसूदन अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
एक महिनाको परीक्षणका अवधिमा सौर्य ऊर्जा प्रणालीले १० हजार युनिट विद्युत् उत्पादन गर्न सफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो प्रणालीको स्थापनापछि सौर्य विद्युत् प्रणालीले बैंकको केन्द्रीय कार्यालयमा खपत हुनेमध्ये ७० प्रतिशत विद्युत् ऊर्जाको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नेट मिटरिङका लागि प्रणालीबाट अनुमति लिने क्रम जारी रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी बैंकले बुधबार काठमाडौंको कागेश्वरि मनोहरा नगरपालिका मा १०० बिरुवाहरू रोपण गरेको छ । बैकंका शाखाहरुले देशभरि नै स्थानीय निकायहरूसँगको सहकार्यमा वृक्षारोपण कार्य सम्पन्न गर्यो।










-1754206481.jpg)
