Kathmandu Press

हात्तीपाइले रोगविरुद्धको चक्की खुवाइने

विराटनगर, चैत १५ : प्रदेश १ का तीन जिल्लामा यही चैत २० गतेदेखि खुवाइने हात्तीपाइले चक्कीको सम्पूर्ण तयारी पूरा भएको छ। हात्तीपाइले चक्की...
हात्तीपाइले रोगविरुद्धको चक्की खुवाइने

विराटनगर, चैत १५ : प्रदेश १ का तीन जिल्लामा यही चैत २० गतेदेखि खुवाइने हात्तीपाइले चक्कीको सम्पूर्ण तयारी पूरा भएको छ। हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।

जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने बताए। उनले केही महिनाअघि धनकुटाको डाँडा बजार र लेकुवामा ३०० जनाको परीक्षण गर्दा दुई जनामा मात्र हात्तीपाइलेको जीवाणु देखिएको जानकारी दिँदै यसपटक यो औषधि खुवाइसकेपछि दुई वर्ष धनकुटामा हात्तीपाइलेविरुद्धको चक्की खुवाउनु नपर्ने बताए।

Hardik ivf

स्वास्थ्य कार्यालय मोरङका अनुसार यस जिल्लामा नौ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भएको छ। यस्तै झापामा ६ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको कार्यालय प्रमुख ईश्वरी पौडेलले बताए।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान–२०७७ को विषयमा  आज प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी उपरीक्षक सन्तोकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहता, राजनीतिक दलकमा प्रतिनिधिसँगको छलफलमा हात्तीपाइलेविरुद्धको अभियानलाई सफल बनाउन सबैले आ–आफ्ना तहबाट सहयोग गर्नु पर्ने निर्णय भएको छ।

औषधि नखानेकै कारण छवौँ पटकमा सिद्धिने अभियान नवौँ पटकमा पुगेको जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरेलले बताए।

स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले लामुखट्टेको टोकाइबाट मानिसको शरीरमा उत्पन्न हुने तीन प्रजातिका मसिनो धागो जस्तै परजीवीको आयु २० वर्ष रहने र यसैको कारणले मानिसलाई हात्तीपाइले रोग लाग्ने जानकारी दिए। शरीरका हात, खुट्टा एवं जनेन्द्रीयमा देखिने यो रोग तराईका जिल्लामा १३ प्रतिशत देखिएको अनुसन्धानले देखाएको छ।

दुई वर्षदेखि पाँच वर्षकाले एक चक्की, छदेखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्कीसहित जुकाको एक चक्की खानु पर्ने र यो रोगको सङ्क्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने लक्षण देखिने प्रमुख मेहताले बता। देशका ६३ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेको अनुसन्धानबाट देखाइएको छ।

शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुन्निएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोगको लक्षण मानिन्छ। 

प्रकाशित मिति: १९:०० बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्