Kathmandu Press

केएल टावरमा खुल्यो इम्पोरियल ब्यांक्वेट

काठमाडौं, जेठ २२ : चावहिलको केएल टावरकोमा सुविधा सम्पन्न इम्पेरियल ब्यांक्वेट खुलेको छ।

टावरको नवौँ तलमा रहेको इम्पेरियलबाट काठमाडौँ उपत्यका....

 केएल टावरमा खुल्यो इम्पोरियल ब्यांक्वेट

काठमाडौं, जेठ २२ : चावहिलको केएल टावरकोमा सुविधा सम्पन्न इम्पेरियल ब्यांक्वेट खुलेको छ।

टावरको नवौँ तलमा रहेको इम्पेरियलबाट काठमाडौँ उपत्यकालाई ३ सय ६० डिग्रीको भ्यूमा नियाल्न सकिन्छ। 

इम्पेरियलका प्रमुख कार्यकारी अधिकृत अनुप शर्माले लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण इम्पेरियलले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम नरहेको बताउँछन्। 

दोर्जे शेर्पा र बोधकृष्ण सुवेदी सञ्चालक रहेको इम्पेरियल ब्यांक्वेट विवाह, व्रतबन्धका लागि ५० जनादेखि दुई हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी तयार गरिएको छ। 

थाइल्यान्डबाट ल्याइएका इन्टेरियर सामानले इम्पेरियल तयार गरिएको बताइएको छ । पर्याप्त पार्किङ सुविधा भएको ब्यांक्वेटसम्म जानका लागि केएल टावरमा छुट्टै दुई वटा लिफ्टको व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: १८:३३ बजे, बुधबार, जेठ २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्