Kathmandu Press

हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै पर्साका मुस्लिम समुदाय

वीरगञ्ज, जेठ २२ : पर्साका मुस्लिम समुदायहरुले इद उल फित्र आपसमा शुभकामना आदानप्रदान गरी मनाएका छन्। 

जिल्लामा बसोबास गर्ने करिब २५....

हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै पर्साका मुस्लिम समुदाय

वीरगञ्ज, जेठ २२ : पर्साका मुस्लिम समुदायहरुले इद उल फित्र आपसमा शुभकामना आदानप्रदान गरी मनाएका छन्। 

जिल्लामा बसोबास गर्ने करिब २५ हजार स्थानीय मुस्लिम समुदायले लाठ गल्ली, छपकैया, मुर्ली, नयकाटोला, गण्डक, नगवालगायतका दर्जनौं मस्जिदमा पुगेर नमाज पढेपछि एकापसमा अंगालो हालेर शुभकामना आदानप्रदान गरेका छन्। 

एक महिनाको कडा ब्रतपछि साँझ इदको चाँद हेरेर नजिकको मस्जिद र इदगाहमा पुगेर अल्लाहसँग आर्शिवाद माग्दै रमजान महिनाभरिको पर्व सकिने गर्दछ। इस्लाम धर्मावलम्बीहरुले विगत एक महिनादेखि दैनिक साढे १७ घण्टा निराहार ब्रत बस्दै दिनभरमा पाँच पटक नमाज पढेर रोजा बस्ने गर्छन्।

करिब एक महिनाअघि चाँद हेरेर ब्रत बसेका ब्रतालुहरुले रमजान महिनाको अन्तिम दिन साँझ इदका चाँद आकाशमा हेरिसकेपछि ब्रत तोड्ने गर्दछन्।

प्रकाशित मिति: १७:०० बजे, बुधबार, जेठ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्