Kathmandu Press

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, असारभित्रै सञ्चालनमा आउने

काठमाडाैं, जेठ २२ :  राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भ....

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो, असारभित्रै सञ्चालनमा आउने
फाइल फोटो

काठमाडाैं, जेठ २२ :  राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठ दिने तालिम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ।

पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ। भारतीय आयल कर्पाेरेशन (आइओसी) सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पाेरेशनले जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालिम दिनेछ। 

नेपालतिर ३६ र भारततिर ४२ किलोमिटर पाइप बिछ्याइने उक्त परियोजनालाई गति दिन निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सक्रियता देखाएपछि काम सम्पन्न भएको हो। निगमका उपनिर्देशक पुष्कर कार्कीका अनुसार तालिमपछि परियोजना हस्तान्तरण भई सञ्चालनमा आउनेछ।

पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ। देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको छ। मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना छ। रासस

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, जेठ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्