Kathmandu Press

गौरीशंकर संरक्षण क्षेत्रमा भेटियो हिमचितुवा 

काठमाडौं, जेठ २२ : गौरीशंकर संरक्षण क्षेत्र (जीसीए) को लामाबगरको लप्चीमा सात महिनाको निरन्तर क्यामेरा ट्रापिङपाछि हिमचितुवाको उपस्थिति रहेको पत्त....

गौरीशंकर संरक्षण क्षेत्रमा भेटियो हिमचितुवा 

काठमाडौं, जेठ २२ : गौरीशंकर संरक्षण क्षेत्र (जीसीए) को लामाबगरको लप्चीमा सात महिनाको निरन्तर क्यामेरा ट्रापिङपाछि हिमचितुवाको उपस्थिति रहेको पत्ता लागेको छ। 

नेपाल इन्जिनियरिङ कलेज स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्राध्यापक डा. नारायण प्रसाद कोजुको नेतृत्वमा गौरीशंकर संरक्षण क्षेत्रका संरक्षण अधिकृत विष्णु पाण्डे, शंकर थामी र विजय बस्यालको समूहले ७ महिना लगाएर गरेको अनुसन्धानले समुद्री सतहबाट ४०८७ मिटरमाथि हिमचितुवाका तीन वटा तस्वीर रेकर्ड गरेको हो।

Hardik ivf

लप्ची गाउँ दोलखाको बिगु गाउँपालिकाका  विभिन्न ठाउँमा ११ वटा इन्फ्रा रेड क्यामरा राखेर गरिएको अनुसन्धानमा हिउँ चितुवाबाहेक अन्य १४ प्रजातीका स्तनधारी जन्तुहरुको रेकर्ड गरिएको छ। ति मध्ये हिउँचितुवा, चरि बाघ, कस्तुरी मृग र आसामी बाँदर नेपालको संरक्षित स्तनधारी जनावर हुन्। 

हिउँचितुवा लगायत यो अनुसन्धानबाट गौरीशंकर संरक्षण क्षेत्रमा पहिलो पटक तिब्बती फ्याउरो र रातो फ्याउरो पनि भेटिएका छन्। नेपालको  अन्नपूर्ण  संरक्षण क्षेत्र, शे–फोक्फुसुन्डो राष्ट्रिय निकुञ्ज, कञ्चजंघा संरक्षण क्षेत्र, मनासुलु संरक्षण क्षेत्र, मकलु बरून राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्षण क्षेत्र, सागरमाथा राष्ट्रिय निकुञ्ज र लाङ्टाङ राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको उपस्थिति रेकर्ड गरिएको छ। 

हिमचितुवा विश्वमा  १० हजारभन्दा कम संख्यामा जिवित रहेको अनुमान गरिएको छ। 

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, जेठ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्