Kathmandu Press

मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु
Hardik ivf

झापा, चैत १२ : आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षी नगरपालिकामा आज (बिहीबार) बिहान एकजनाको मृत्यु भएको छ।

शिवसताक्षी–१ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे१०प ३५६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, चैत १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्