Kathmandu Press

मानव पूँजीको विकास गर्ने बजेट ल्याएका छौ : अर्थमन्त्री खतिवडा

काठमाडौं, जेठ २२ : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता मानव विकासका क्षेत्रमा आफूले २१ प्रतिश....

मानव पूँजीको विकास गर्ने बजेट ल्याएका छौ : अर्थमन्त्री खतिवडा

काठमाडौं, जेठ २२ : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता मानव विकासका क्षेत्रमा आफूले २१ प्रतिशतले बजेट बढाएको बताएका छन्। विश्व बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै खतिवाडले मानव पूँजीको विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

‘मान्छेको जन्मदेखि मृत्युसम्मको जीवनचक्रलाई सामाजिक सुरक्षा र मानव विकाससँग जोड्ने गरी बजेट ल्याइएका छौ,’ खतिवडाले भने।

अर्थमन्त्री खतिवाडले अन्य क्षेत्रमा पनि १६ प्रतिशतको औषतमा बजेट बढाइएको जानकारी दिए। दीगो विकासको आधार नै मानव पूँजीको भएको भन्दै अर्थमन्त्री खतिवडाले भौतिक पूर्वाधारसँग जोडेको समेत बताए।

कार्यक्रममा भूटानका अर्थसचिव निम दोर्जीले मानव पूँजीको विकास गरी आम्दानीको स्तर बढाउने र त्यसबाट धनी र गरिबबीचको खाडल कम गर्ने गरी काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै विश्व बैंकका नेपालस्थित कन्ट्री म्यानेजर फारिज हदाद जर्भोसले विकासशील देशहरुले मानव पूँजीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, जेठ २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्