Kathmandu Press

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

चितवन, चैत ११ : जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया सुरु गरेको छ। विसं २०७६ साउन मसान्तसम्म संकलन भएका विवरणको परिचयपत्र बनिसकेकाले...
चितवनमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

चितवन, चैत ११ : जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया सुरु गरेको छ। विसं २०७६ साउन मसान्तसम्म संकलन भएका विवरणको परिचयपत्र बनिसकेकाले वितरण प्रक्रिया सुरु गरिएको प्रशासकीय अधिकृत खेमराज पौडेलले बताए।

जिल्लामा चार हजारको परिचयपत्र आइसकेको र चैत ४ गतेदेखि वितरणको काम सुरु गरिएको उनले बताए । एक सातामा एक सय ५ जनालाई परिचय पत्र वितरण गरिसकेकाे उनले बताए ।

Hardik ivf

सुरुमा आँखाको आकार नलिइएको हुँदा परिचयपत्र आएकाहरूलाई स्वयं उपस्थित गराएर आँखाको आकारको चित्र लिएरमात्रै वितरण गर्दै आएको उनले बताए । ‘सुरुको चरणमा विवरण दर्ता गरेका सेवाग्राहीको आँखाको रेटिना लिइएको थिएन, त्यसैले हामीले व्यक्ति स्वयंको उपस्थितिमा मात्रै हाम्रो सिस्टममा राखेर दिने गरेका छौं’, प्रशासकीय अधिकृत पौडेलले भने ।

जिल्ला प्रशासनले कार्यालयको आधिकारिक फेसबुक पेजबाट सूचना जारी गरेर कार्ड लिन आउन आग्रह गरे पनि तुलनात्मकरुपमा कार्ड लिन आउनेको सङ्ख्या कम रहेको उनले बताए ।

सरकारले व्यक्तिको सबै विवरण परिचयपत्रमै समावेश गरेको छ। राष्ट्रिय परिचयपत्रका लागि चितवनबाट हालसम्म तीन लाख ११ हजार चार सय ७१ जनाले विवरण दर्ता गरेका छन् । विसं २०७६ असार १९ गतेबाट विवरण संकलन सुरु भएको हो ।

प्रकाशित मिति: १९:३८ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्