‘पानीफोटो’ बनाउँदै खगेन्द्र लामिछाने
काठमाडौं, जेठ २१: लेखक तथा अभिनेता खगेन्द्र लामिछाने फिल्म ‘पानीफोटो’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन्।
लामिछानेले &....

काठमाडौं, जेठ २१: लेखक तथा अभिनेता खगेन्द्र लामिछाने फिल्म ‘पानीफोटो’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन्।
लामिछानेले ‘पानीफोटो’ निर्देशन गर्ने उनको सपना भएको बताएका छन्। ‘यसपछि म सिनेमा निर्देशन गर्छु वा गर्दिन त्यो त थाहा छैन। तर, पानीफोटो मैले निमार्ण गर्न चाहेको जस्तो सिनेमा हो,’ उनले भनेका छन्।
फिल्मको कथासँग आफ्नो बाल्यकालको घटना जोडिएको पनि उनले बताए। उनले आफ्नो यो सपनालाई उत्कृष्ट बनाउन सक्दो प्रयास गर्ने पनि बताए। ‘पानीफोटो’ उनले आफैले लखेको कथा हो जुन थिएटरमा धेरै दर्शकले मन पराएका थिए। यसलाई नाटकको रुपमा रुपान्तरण गर्दैगर्दा सिनेमामा पनि ढाल्ने सोच बनाएका थिए। र, त्यो सपनाले लामो समयपछि पूर्णता पाउने भएको छ।
आजसम्म आफ्नै लेखनमा अभिनय गरिरहेका लामिछानेको ‘पानीफोटो’ को कथा, पटकथा तथा सवांद स्वयंले तयार पारेका हुन्। फिल्ममा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहने छ भने फिल्ममा खगेन्द्र, थिएटर कलाकारहरु सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, माओत्से गुरुङ, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहने छ।
सन् २०२० मा रिलिज गर्ने लक्ष्य राखिएको फिल्मले १५ वर्ष अगाडि बेपत्ता भएका छोराको यादमा बसेका आमाबाबुको कथा बोल्ने छ। फिल्ममा पुष्पा संगमको पाश्र्व संगीत, घनश्याम श्रेष्ठको कला निर्देशन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन तथा दीपक बज्राचार्यको छायांकन रहने छ।












