Kathmandu Press

पूर्ण सुरक्षित छैन प्लास्टिक बोतलको पुनर्प्रयोग

विश्वभर हरेक मिनेट करिब १०लाख प्लास्टिकका बोतल खरिद गरिन्छ । यसबाट ठूलो मात्रामा फोहोर सिर्जना हुन्छ, जो प्रायः ‘ल्यान्डफिल साइट’मा पुग्छ । धेरै...
पूर्ण सुरक्षित छैन प्लास्टिक बोतलको पुनर्प्रयोग

विश्वभर हरेक मिनेट करिब १० लाख प्लास्टिकका बोतल खरिद गरिन्छ । यसबाट ठूलो मात्रामा फोहोर सिर्जना हुन्छ, जो प्रायः ‘ल्यान्डफिल साइट’मा पुग्छ । धेरै मानिसले आफूले खरिद गरेका पानीका बोतल पुनर्प्रयोग गर्छन् । त्यसबाट बारम्बार नयाँ बोतल खरिद, पैसा बचत र प्लास्टिकको फोहोरको समस्या घटाउने अपेक्षा उनीहरूको रहन्छ ।

यद्यपि, प्लाटिस्कका बोतल एकपटक मात्र प्रयोग गर्ने उद्देश्यले डिजाइन गरिएको हुन्छ । धेरै मानिसमा प्लास्टिकका बोतल पुनर्प्रयोग सुरक्षित छ कि छैन भन्नेमा द्विविधा देखिन्छ । के प्लास्टिकको बोतलको पुनर्प्रयोग सुरक्षित छ ? आठजना विशेषज्ञको राय आयो– ७५ प्रतिशत मात्र सुरक्षित छ ।

पानीका बोतल केबाट बनेका हुन्छन्?

Hardik ivf

एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिकका बोतल पलियाथलिन टेरेफिलेइट (पीईटी)बाट बनेका हुन्छन् । पीईटी पारदर्शी र हल्का प्लास्टिक हो, जुन खाद्य पदार्थ र पेय पदार्थको प्याकेजिङका लागि बढी प्रयोग हुन्छ । यो अमेरिका र युरोपेली मुलुकसहित विश्वका धेरै भागमा खाना र पेयको पदार्थ प्याकेजिङका लागि सुरक्षित मानिएको छ ।

के प्लास्टिकबाट निस्कने रसायनले क्यान्सर निम्त्याउँछ?

अनलाइनमा सर्च गर्दा उपलब्ध हुने सामग्रीहरूमा पानीको बोतलबाट एक तरल रसायन निस्कने दाबी गरिएको हुन्छ । र, त्यसको पुनर्प्रयोग गर्नाले क्यान्सर निम्त्याउन सक्ने आकलन गरिएको हुन्छ ।

धेरै व्यक्ति एउटा रसायनबाट चिन्तित हुन्छन् जो बिस्फेनल–ए ( बीपीए) हो । बीपीएले इन्डोक्राइम प्रणालीमा बाधा पुर्‍याउन सक्छ । त्यो भनेको प्रजनन र पाचन प्रणालीमा समस्या उत्पन्न गर्छ । पीईटी बोतल बनाउन भने बीपीए प्रयोग गरिँदैन । तर, अन्य कडा प्लास्टिकमा पोलिकार्बोनेटजस्तो रसयान फेला पार्न सकिन्छ ।

यद्यपि, एउटा अध्ययनले पीईटी बोतलको पानीमा बीपीएको कम प्रयोग (५ एनजी–एल) पाइएको छ । दुई अन्य अध्ययनमा यो रसायन फेला परेन, त्यसैले यो खोजले समस्या समाधान गरेन ।

अर्को रसायन एन्टिमोनी भने पीईटी उत्पादनका लागि मुख्य स्रोत हो । एन्टिमोनीलाई क्यान्सिनोजेनको रूपमा मानिँदैन । यो रसायन पिउँदा बान्ता र पखाला हुन सक्छ ।

सन् २००८ को एक अध्ययनमा व्यावसायिक रूपमा उपलब्ध बोतलको पानीमा तरल एन्टिमोनीको मात्रा फेला परेको थियो । अध्ययनकर्ताले तरल रसायनको मात्रा खतरनाक मानिने तहभन्दा कम मात्रामा फेला पारेका थिए ।

एन्टिमोनी खतरनाक बन्ने सघनताको मात्रा ६ पीपीबी (पार्टस् पर बिलियन) हो । अध्ययनबाट एन्टिमोनीको सघनता तीन महिनापछि २२ डिग्री सेल्सियस (७१ डिग्री फरेनहाइट) ०.१९५ पीपीपीबाट सुरु भएर र ०.२२ पीपीबीसम्म पुगेको पत्ता लागेको थियो ।

पानीको बोतलमा एन्टिमोनी रसायनको मात्र अध्ययन गरिएको थिएन, प्लास्टिसाइजरबाट धातुसम्मका रसायनको सम्पूर्ण शृंखला अनुसन्धान गरिएको थियो । यी अध्ययनबाट त्यहाँ केही एन्टिमोनीजस्ता रसायन बोतलको पानीमा चुहिने गरेको पत्ता लाग्यो । तर, त्यसले मानव स्वास्थ्यमा जोखिम पुर्‍याउन सक्ने कुनै ठोस प्रमाण प्राप्त भएन ।

के प्लास्टिक बोतल घाममा राख्न सुरक्षित छ ?

अधिक तापक्रममा माथि वर्णन गरिएजस्तो रासायनिक चुहावटको जोखिम हुन्छ । यसको मतलब हो– गर्मीयाममा प्लास्टिको पानी बोतल गाडीमा छोड्नु खतरनाक हुनसक्छ ।

सन् २००८ को अध्ययनले उच्च तापक्रममा एन्टिमोनी रसायनको चुहावट नभएको पत्ता लाग्यो। जब पानीका बोतलहरू ६० डिग्री सेल्सियस (१४० डिग्री फरेनहाइट) मा छोडियो, यसलाई ६ पीपीबीको अवस्थामा पुग्न १७६ दिन लाग्यो । जब कि, ८० डिग्री सेल्सियसमा १.३ दिन मात्र लाग्यो ।

यो धेरै उच्च तापक्रम हो । त्यसैले यो समस्या यदि तपाईं धेरै गर्मी ठाउँमा बस्नुहुन्छ र नियमित पानीको बोतल घाममा छोड्नुहुन्छ भने मात्र आउँछ ।

माइक्रोप्लास्टिकको जोखिम कति ?

माइक्रोप्लास्टिक भनेको प्लास्टिकका स–साना टुक्रा हुन् । यो प्राय जताततै पाइन्छ, हामीले पिउने पानीमा पनि । एउटा अध्ययनबाट ९३ प्रतिशत ताजा खोलिएका प्लास्टिकका बोतलमा पनि केही माइक्रोप्लास्टिक फेला परेकोे ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले माइक्रोप्लास्टिकको सम्भावित जोखिमप्रति सचेत देखिन्छ । तर, पछिल्लो तथ्यांकका आधारमा डब्लूएचओका अधिकारीहरूले मानव स्वास्थ्यका लागि यो विशेष खतरा नरहेको निष्कर्ष निकालेका छन् ।

‘भर्खरै उत्पादित प्लास्टिकको बोतलमा प्रयोग भएका बोतलको तुलनामा बढी माइक्रोप्लास्टिक हुन सक्छ,’ सर्रे युनिभर्सिटीका डा. उमर अब्दुलमुतालिब भन्छन् । नर्वेको समुद्री अनुसन्धान संस्थानका डा. मारेक कियोरा पनि प्रयोग गरिएको र सफा गरिएको बोतलको पिउने पानी नयाँ बोतलभन्दा सुरक्षित हुने बताउँछन् ।

डा. कियोराको समूहले नयाँ प्लास्टिक बोतलको तुलनामा तातोपानीले सफा गरिएका बोतलमा पानीको गुणस्तर राम्रो रहेको पाएको थियो ।

अन्य जोखिम कति?

तथापि, डिस्पोजेबल प्लास्टिक बोतलको पुनप्र्रयोगमा सर्वस्वीकार्य जोखिम छ । त्यो जोखिम रासायनिक होइन, सम्मिश्रणको हो ।

किनकि, यी बोतल टिकाउ हुँदैनन्, सजिलै नष्ट हुन्छन् र चर्किन सक्छन् । ‘बोतलहरू बनाउन प्रयोग गरिएको प्लास्टिक एकदम पातलो हुन्छ र कमजोर संरचनाका कारण चर्किन सक्छ । यी चर्काइले ब्याक्टेरियालाई भित्र पस्न मद्दत गर्छ,’ डा. जिल बार्टोलोटा भन्छन् ।

खासगरी, यदि बोतलभित्रको अवस्था आर्द्र छ भने सम्मिश्रणको जोखिम अधिक हुन्छ । ब्याक्टेरियाहरू बोतलको पानीमा धेरै छिटो बढ्न सक्छन् । एक अध्ययनमा बोतललाई ३७ डिग्री सेल्सियस तापक्रममा राख्दा २४ घण्टाभित्र प्रतिमिलिलिटर १ कोलोनीबाट ३८ हजार कोलोनीसम्म बढेको पत्ता लागेको थियो ।

यो आलेख तयार पार्न कुराकानी गरिएका आठजना विज्ञमध्ये ६ जनाले प्लास्टिकको पानीको बोतल पुनर्प्रयोग गर्नु सुरक्षित छ भन्ने जवाफ दिए ।

रासायनिक चुहावट र माइक्रोप्लास्टिकको अध्ययनबाट उच्च तापक्रममा भने गम्भीर जोखिम हुन सक्ने देखिएको छ । विज्ञहरूको भनाइ छ– प्लास्टिकको बोतल आफैंमा फोहोर हो । त्यसैले यदि तपाईं यसको पुनर्प्रयोग गर्नुहुन्छ भने यसलाई नियमित रूपमा राम्रोसँग सफा गर्नुहोस् ।

- साइन्स अर्लट डट कमबाट
 

प्रकाशित मिति: ०६:४३ बजे, बुधबार, चैत ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्