Kathmandu Press

९० प्रतिशत नेपालीमा खानेपानीको सहज पहुँच

काठमाडौं, चैत १० : खानेपानीमन्त्री मणि थापाले ९० प्रतिशत नेपाली जनतामा खानेपानीको पहुँच पुगेको बताएका छन् ।  सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनसम्बन्धमा...
९० प्रतिशत नेपालीमा खानेपानीको सहज पहुँच

काठमाडौं, चैत १० : खानेपानीमन्त्री मणि थापाले ९० प्रतिशत नेपाली जनतामा खानेपानीको पहुँच पुगेको बताएका छन् ।  सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनसम्बन्धमा उच्चस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उहाँले नेपालको कुल जनसङ्ख्यामध्ये ९० प्रतिशत जनतामा खानेपानीको पहुँचको पुगेको बताए।

मन्त्री थापाले ९९ प्रतिशत जनसङ्ख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको बताए। नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको बताए।

Hardik ivf

जनताको सन् २०३० सम्ममा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन भइरहेका उनले बताए । मन्त्री थापाले विश्वमा दुुई अर्ब २० करोड जनसङ्ख्या सुरक्षित खानेपानीको पहुँचबाट तथा चार अर्ब  २० करोड मानिस आधारभूत सरसफाइबाट वञ्चित रहेका बताए ।

नेपालका उच्च हिमाल पानीका उच्च शिखरका रुपमा रहेका तथा तिनले पर्यावरणीय प्रणालीलाई संरक्षण गरेका बताउँदै त्यसबाट निसृत नदीहरू प्रवाहित हुँदा बनेका जल–सञ्जाल र जलीय प्रणालीले दक्षिण एसियामा बस्ने एक अर्ब ५० करोड मानिसलाई जोडेको यथार्थ प्रस्तुत गरे।

बैठकमा ६ मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुख, ५८ देशका मन्त्रीसहित ८६ जना सहभागी थिए।

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्