Kathmandu Press

इन्जिनियरिङ्ग शिक्षा, अनुसन्धान र सामाजिक विकासबारे छलफल

महेन्द्रनगर, जेष्ठ २१ : सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा दुई दिने ईन्जिनियरिङ्ग शिक्षा, अनुसन्धा....

इन्जिनियरिङ्ग शिक्षा, अनुसन्धान र सामाजिक विकासबारे छलफल

महेन्द्रनगर, जेष्ठ २१ : सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा दुई दिने ईन्जिनियरिङ्ग शिक्षा, अनुसन्धान र सामाजिक विकास विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। 

ईन्जिनियरिङ्ग शिक्षाले सामाजिक आर्थिक विकासका पार्ने प्रभाव र ईन्जिनियरिङ्ग बिषयमा गरिने विभिन्न अनुसन्धानात्मक कार्यहरुलगायत ईन्जिनियरिङ्गका विभिन्न विधाकाबारेमा शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको ईन्जिनियरिङ्ग संकायका डीन डा. किशन दत्त भट्टले बताए। 

Hardik ivf

उक्त कार्यशालामा देशमा सञ्चालन हुने विभिन्न विकासका कार्यक्रमहरुमा ईन्जिनियरहरुको प्रत्यक्ष सहभागिता रहने हुँदा आफ्नो क्षमता र योग्यताको अवमूल्यन हुने गरी काम गर्न नहुने र देश विकासमा आफ्नो योगदान पुर्‍याउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जानकारी गराइएको थियो। साथै विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुको क्षमता विकास गर्न कार्यशाला गोष्ठी आयोजना गरिएको बताए।

कार्यक्रमको समापन समारोहमा डा. भट्टले सुदूरपश्चिम विश्वविद्यालय ईन्जिनियरिनङ संकायलाई  आगामी १० वर्षभित्र देशकै नमूना अध्ययन संस्थानका रूपमा अघि बढाउने योजना रहेको बताए। कार्यक्रममा विषय विज्ञका रुपमा ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसका निर्वतमान क्याम्पस प्रमुख प्रा.डा.गोकर्ण बहादुर मोत्रा, प्राध्यापक विश्वनाथ खनाल, उपप्राध्यापक डा. पवन कुमार भट्टराईका साथै नेपाल कलेज अफ इन्फोमेसन टेक्नोलोजीका पूर्वक्याम्पस प्रमुख प्रा.डा.राजेन्द्र प्रसाद अधिकारी, पोखरा विश्वविद्यालय स्कुल अफ ईन्जिनियरिङ्गका प्रा.डा.टेकराज ज्ञावाली, प्रा.डा.विनय कुमार मिश्र, अनुसन्धानकर्ता डा.ढुण्डी राज पाठक, पाँच नम्बर प्रदेश योजना आयोगका सदस्य डा. विष्णुप्रसाद गौतम र भेरी बबई डाइभर्सन मल्टिपर्पोज प्रोजेक्टका निर्देशक ईन्जिनियर सन्जिव बरालको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुर्णबहादुर चन्दले कार्यक्रम विश्वविद्यालयका लागि फलदायी रहेको र देशमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुबीचको सहकार्य तथा समन्वयबाट विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधार हुनुका साथै विश्वविद्यालयको गुणस्तरमा समेत सुधार हुने बताए। 

 

प्रकाशित मिति: १७:४९ बजे, मंगलबार, जेठ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्