Kathmandu Press

हेल्मेटबिना बाइक चलाउदा अक्षय कुमार ट्रोलको शिकार

काठमाडौं, जेठ २१ : बलिउड अभिनेता अक्षय कुमार हेल्मेटबिना मोटरसाइकल चलाउदै गरेको फोटो सोसियल मिडियामा भाइरल भएको छ।

ट्राफिक नियमको उल्लंघन गर....

हेल्मेटबिना बाइक चलाउदा अक्षय कुमार ट्रोलको शिकार

काठमाडौं, जेठ २१ : बलिउड अभिनेता अक्षय कुमार हेल्मेटबिना मोटरसाइकल चलाउदै गरेको फोटो सोसियल मिडियामा भाइरल भएको छ।

ट्राफिक नियमको उल्लंघन गरेको भन्दै उनका फ्यान रिसाएका छन्। र सामाजिक संजालमा उनलाई ट्रोल गरिएको छ।

अक्षयले ट्राफिक नियम पालना गर्नुपर्छ भन्दै यस्तो विज्ञापनमा खेलेको भिडियो र फोटो सेयर गर्दै दर्शकले हेल्मेट लगाउन सम्झाएका छन्।

कतिले हेल्मेट खै भन्दा कमेन्ट पनि गरेका छन्। फोटोमा विवाद बढ्न थालेपछि त्यो फोटो फिल्मको सुटिङको लागि खिचिएको बताइएको छ।

उनको आगामी फिल्म सूर्यवंशीको एक एक्सन सिनको लागि अक्षयले हेल्मेटबिना मोटरसाइकल चलाएको जनाएको छ।

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, जेठ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्