Kathmandu Press

इन्भेष्टमेन्ट बैकले साढे १० प्रतिशत व्याजदरको २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, जेठ २१ : नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १०.५० प्रतिशत व्याजदरमा दुई अबएको ऋणपत्र जारी गर्ने भएको छ । ‘नेपाल इन्भेष्टमेन्ट बैक बण्ड....

इन्भेष्टमेन्ट बैकले साढे १० प्रतिशत व्याजदरको २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, जेठ २१ : नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १०.५० प्रतिशत व्याजदरमा दुई अबएको ऋणपत्र जारी गर्ने भएको छ । ‘नेपाल इन्भेष्टमेन्ट बैक बण्ड २०८२’ नाम दिइएको उक्त ऋणपत्रमा ६÷६ महिनामा व्याज भुक्तानी गर्ने भएको छ। 

बैकले जेष्ठ २४ गतेबाट निष्काशन गर्न लागेको ऋणपत्र निष्काशनको धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको छ । सो ऋणपत्रलाई इन्भेष्टमेन्ट बैक बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितो स्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको बैकले जनाएको छ।  

‘बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो’ बैकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसअघि पनि रु ७५ करोड रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८” र रु ५० करोड रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७७” लगायत अन्य निष्काशनहरु पनि गरेको थियो जुन बजारमा सफल हुन गएको थियो।’

बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधरणका लागि निष्काशन गर्ने भएको छ। 

सो मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने संस्थागत लगानीकर्ताहरुले निजि प्लेसमेन्ट मार्फत अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछ। 

सात बर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा पाएको छ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको बताएको छ।
 

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, जेठ २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्