नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ हुँदै
काठमाडौं, जेठ २० : काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ हुने भएको छ।
किराँती नव–सांस्कृतिक केन्द....

काठमाडौं, जेठ २० : काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ हुने भएको छ।
किराँती नव–सांस्कृतिक केन्द्रको आयोजनामा जेठ २९ गते जमलस्थित नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ हुन लागेको हो।
सोमबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाका संयोजक राकेश किरातीले किराँती समुदायको महान चाड उभौली (साकेला) को अवसरमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए। उनका अनुसार कार्यक्रम जेठ २९ गते दिउँसो १ बजेदेखि नाचघरमा सुरु हुनेछ।
कार्यक्रममा संस्थाले यलम्बर सांस्कृतिक सम्मान वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गर्ने भएको छ। पुरस्कारको राशि दुई लाख दश हजार रुपैयाँ रहेको छ।
यस्तै, किराँती नव–सांस्कृतिक सम्मान नगद तीस हजार राशिसहित वरिष्ठ गायक कुवेर राईलाई र किराँती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद बीस हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।
उक्त सांस्कृतिक कार्यक्रममा शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको भव्य सांस्कृतिक प्रस्तुतिहरु पनि रहने पनि आयोजक संस्थाका सदस्य डा. किराँतीले जनाए।












