Kathmandu Press

किसान सूचीकरण अभियानले छायाे खुसी

सुदूरपश्चिम, चैत ५ : धनगढी उपमहानगरपालिका-१० का किसान देवराज चौधरी औधी खुसी मुद्रामा भेटिए। किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य सुरु भएपछि उनी...
किसान सूचीकरण अभियानले छायाे खुसी

सुदूरपश्चिम, चैत ५ : धनगढी उपमहानगरपालिका-१० का किसान देवराज चौधरी औधी खुसी मुद्रामा भेटिए। किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य सुरु भएपछि उनी खुसी देखिएका हुन्। ‘सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ,’ उनले भने, ‘वास्तविक किसानका हित हुन्छ ।’ 

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा हालै दर्ता शुभारम्भ गरिएको थियो । समारोहमा उनीसहित किरन राना थारु र वडा ३ का मनोज पडाललाई नमूनाको रुपमा किसान परिचयपत्र वितरण गरिएको थियो। च्याउखेती गरिरहेका पडालले किसान सूचीकरण कार्यको प्रभावकारी कार्यान्वयनले कृषिमा अब नयाँ युगको सुरुआत हुने बताए। 
 
उनले भने, ‘सरकारले दिने अनुदानको नीति पनि अब प्रतिफलमा आधारित बनाउन सके कृषि विकासमा फड्को मार्न सक्छ ।’ किसानको शुद्धिकरण गर्दै वास्तविक किसानको पहिचान स्थापित गर्न र परिचयपत्रका आधारमा लाभग्राही किसान छनोट गर्न यो सूचीकरणको काम थालिएको हो।

Hardik ivf

स्थानीय तहमार्फत् किसान सूचीकरणको प्रविष्ट गर्न लागिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए। उनले भने, ‘यसको कार्यान्वयनवाट कृषि पेशलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुग्नेछ।’

निर्वाहमुखी र परम्परागत कृषि कार्यमा परिवर्तन गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार ल्याउन पनि यो सूचीकरण कार्य सहयोगी हुने जनाइएको छ। एक तथ्याङ्कका अनुसार झण्डै ६३ प्रतिशत मानिस कृषि पेशामा आबद्ध रहेको अनुमान छ ।

किसानको वास्तविक विवरण पत्ता लगाउन प्रविधिको प्रयोग गरेर किसानको लगत सङ्कलन अर्थात् सूचीकरण थालिएको हो । यस कार्यले किसानको अभिलेख तयार पारी परिचयपत्रमार्फत किसानको पहिचान स्थापित गराउने जनाइएको छ। 

कृषिलाई महत्वपूर्ण क्षेत्रको रुपमा समेटेको डिजिटल नेपाल फ्रेमवर्कको प्रविधिमा आधारित भएर किसानको अभिलेख तयार गर्न लागिएको जनाइएको छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसानले तोकिएको विवरण प्रविष्ट गर्नुपर्छ ।

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, चैत ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्