Kathmandu Press

साइकलमा सरर‍‍‍ ...

काठमाडौं, जेठ २० : आज जुन ३ अर्थात विश्व साइकल दिवस। विश्वभर विभिन्न कार्यक्रमबीच दोस्रो विश्व साइकल दिवस मनाइँदैछ। 

संयुक्त राष्ट....

साइकलमा सरर‍‍‍ ...

काठमाडौं, जेठ २० : आज जुन ३ अर्थात विश्व साइकल दिवस। विश्वभर विभिन्न कार्यक्रमबीच दोस्रो विश्व साइकल दिवस मनाइँदैछ। 

संयुक्त राष्ट्र संघले गत वर्ष अर्थात सन् २०१८, जुन ३ बाट यसको सुरुआत गरेको थियो। सफा, स्वच्छ, वातावरणमैत्री, भरपर्दो, सरल, किफायती, स्वस्थ र चुस्त रहन मद्दत गर्ने सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व साइकल दिवसको मनाउन थालिएको हो। 

Hardik ivf

नेपालमा पनि वातावरणमैत्री साइकलको प्रवद्र्धनमा कार्यरत व्यक्ति, संघ–संस्था लगायतले विभिन्न कार्यक्रम गरेर विश्व साइकल दिवस मनाइरहेका छन्। यसै सन्दर्भमा ललितपुर महानगरपालिको सहयोगमा नेपाल साइकल सोसाइटीले जेठ १९ गते साइकल र्‍यालीको आयोजना गरेको थियो। त्यसको उद्घाटन सांसद कृष्णगोपाल श्रेष्ठले गरेका थिए।

र्‍यालीमा विश्व साइकलयात्री पुष्कर शाहलगायत सरकारी निकाय तथा सामाजिक संघ–संस्थाका बिशिष्ट व्यक्तिसँगै थुप्रै साइकलप्रेमीको सहभागिता थियो। करिब तीन सयको संख्यामा साइकलप्रेमी सहभागी थिए। बसन्तुरबाट सुरू भएको र्‍याली जमल, दरबारमार्ग, लैनचौर, पुतलीसडक, थापाथली, जावलाखेल,  मंगलबजार हुँदै पाटन दरबार क्षेत्र पुगेको थियो। 

र्‍यालीको मुख्य उद्देश्य शहरी क्षेत्रमा साइकलयात्रीका लागि सडक सुरक्षामा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए। यससँगै जोखिम कम गर्नका लागि छुट्टै साइकल लेन निमार्णमा जोड दिनु रहेको आयोजक संस्था नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले बताए। 

उपत्यकामा सडकहरू फराकिला बनेसँगै अन्य सवारी साधनको चाप बढ्दै गयो, जसले गर्दा साइकल चलाउनेको संख्या विस्तारै कम हुन थाल्यो। सन् १९९१ मा सडक विभाग र जापानी सहयोग नियोग जाइकाले गरेको एक अध्ययन अनुसार त्यतिबेला काठमाडौं उपत्यकामा चल्ने कुल सवारीमध्ये ६ प्रतिशत साइकल थिए। 

सन् २०११ मा सडक विभाग र जाइकाले नै अर्को अध्ययन गर्दा उपत्यकाका कुल सवारीमध्ये १ दशमलव ५ प्रतिशत मात्रै साइकल रहेको देखियो। अहिले साइकल यात्रीको संख्या त्योभन्दा घटेको अनुमान छ। कारण प्रष्ट छ–धेरै मानिसहरू साइकल चलाउन चाहन्छन्, तर सडक सुरक्षित छैन।
 

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, जेठ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्