मीना हत्या प्रकरणमा संलग्न चारजनालाई थुनामा राख्न आदेश
डोटी, चैत ५ : दिपायल सिलगढी नगरपालिका-२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन्। जिल्ला अदालतले मीनाका श्रीमान्...
डोटी, चैत ५ : दिपायल सिलगढी नगरपालिका-२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन्। जिल्ला अदालतले मीनाका श्रीमान् प्रकाश दमाई , ससुरा प्रेम दमाई , सासू दुर्गा दमाई र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुन सक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।
प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












