Kathmandu Press

सात पत्रकार र एक उद्यमी पुरस्कृत

खोटाङ, चैत ५ : तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा सात पत्रकार र एक युवा उद्यमीलाई पुरस्कृत गरेको छ।त्रिधार्मिक धाम हलेसीलाई आधारभूमि...
सात पत्रकार र एक उद्यमी पुरस्कृत

खोटाङ, चैत ५ : तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा सात पत्रकार र एक युवा उद्यमीलाई पुरस्कृत गरेको छ।

त्रिधार्मिक धाम हलेसीलाई आधारभूमि बनाएर प्रकाशन भइरहेको उक्त साप्ताहिकले सञ्चारकर्मी सूर्य तामाङ, रामधन राई, चिसाङ शेर्पा, दीपक राई, नवीन चाम्लिङ राई, असल चरित्र, शिवकुमार राई र युवा उद्यमी इन्द्र चाम्लिङलाई बुधबार जनही १५ हजार रुपैयाँ राशिसहित सम्मान गरेको हो।

Hardik ivf

हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै निष्पक्ष पत्रकारिताले समृद्ध समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। साप्ताहिक पत्रिकाले प्रत्येक वर्षको साउन ४ गते वार्षिकोत्सव मनाउँदै आएको थियो। यस वर्ष कोरोना भाइरसका जोखिमका कारण बुधबार वार्षिकोत्सव मनाइएको पत्रिकाका प्रकाशक÷सम्पादक दीपेन्द्र राईले जानकारी दिए।

सो अवसरमा पुरस्कार स्थापनार्थ गरिदिनुहुने राजनीतिकर्मी समीर राई, डिल्ली चाम्लिङ, समाजसेवी पदमकुमार राई, विद्यार्थी रुनिशा राई र तुवाचुङ मारतीका यातायात प्रालिलाई सम्मान गरिएको थियो । गत वर्ष पहिलो वार्षिकोत्सवमा पत्रकार दमन राई, केदार मगर, उत्तम चौलागार्इं, समाजसेवी जनकराज राई, साहित्यकार विक्रम चेतनशील राई र कराँते खेलाडी शेशुका राईलाई पुरस्कृत भएका थिए।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीलाई आधारभूमि बनाएको तुवाचुङ साप्ताहिक खबर उक्त साप्ताहिक पत्रिकाले जिल्लाका हरेक गतिविधिलाई आफ्नो प्रकाशनमा स्थान दिँदै आएको छ।

प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, चैत ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्