फिल्म हलले असार मसान्तभित्र अनिवार्य इ–टिकेटिङ लागू गर्नु पर्ने
काठमाडौं, जेठ १९ : असार मसान्तपछि सबै नेपाली सिनेमा हलहरुमा इङटिकेटिङ लागू गरिने भएको छ।
सिनेमा हलले असार मसान्तभित्रमा विद्युतीय प्रणा....

काठमाडौं, जेठ १९ : असार मसान्तपछि सबै नेपाली सिनेमा हलहरुमा इङटिकेटिङ लागू गरिने भएको छ।
सिनेमा हलले असार मसान्तभित्रमा विद्युतीय प्रणालीबाट टिकट जारी गरी केन्द्रीय चलचित्र प्रणाली (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट) को सर्भरसँग अनिवार्य लिंक गर्नु पर्नेछ। असार मसान्तभित्र आर्थिक विधेयक २०७६ मा उल्लेख गरिए अनुसार नियमको पालना नगरेमा हलवालाहरुले आवश्यक जरिवाना तिर्नुपर्ने छ।
पुरानै तरिकाले टिकट जारी गरिएको पाइएमा जारी टिकटबाट प्राप्त रकमको शतप्रतिशत जरिवाना हलवाले तिर्नुपर्ने छ भने एकपटक भन्दा बढी जारी गरेको पाइए जारी टिकटबाट प्राप्त रकमको दुई सय प्रतिशत जरिवाना तिर्नुपर्ने छ।
काठमाडौंका मल्टिप्लेक्स हलहरुमा यसको व्यवस्था भएपनि सिंगल थिएटरमा भने अझै इ–टिकेटिङ लागू भएको छैन।
मोफसलमा भने जेठ १८ गतेबाट लालबन्दीमा रहेको विणा चलचित्र हलबाट बक्स अफिस जडान गरी इ–टिकेटिङ प्रणालीको सुरुवात गरिएको छ। बोर्ड अध्यक्ष केशव भट्टराईका अनुसार साउन महिनासम्म देशभरका हलमा बक्स अफिस जडान हुनेछ।












