Kathmandu Press

सन्नी लियोनको नेपाली फिल्म ‘पासवर्ड’ भदौ‌ंमा प्रदर्शन हुने

काठमाडौं, जेठ १९ : बलिउडकी बेबी डल सन्नी लियोन अभिनित नेपाली फिल्म ‘पासवर्ड’को रिलिज मिति सार्वजनिक गरिएको छ।

सन्नीले फिल्म....

सन्नी लियोनको नेपाली फिल्म ‘पासवर्ड’ भदौ‌ंमा प्रदर्शन हुने

काठमाडौं, जेठ १९ : बलिउडकी बेबी डल सन्नी लियोन अभिनित नेपाली फिल्म ‘पासवर्ड’को रिलिज मिति सार्वजनिक गरिएको छ।

सन्नीले फिल्मको एक गीतसँगै केही सिनमा पनि अभिनय गरेको चलचित्र ‘पासवर्ड’ भदौं २७ मा देशभर प्रदर्शन हुने भएको हो। सम्राट बस्नेतको डेब्यू निर्देशन रहेको पासवर्डको कथा, पटकथा तथा संवाद पनि निर्देशक स्वयमले नै तयार पारेका हुन्। फिल्मको बजेट धेरै भएका कारण पनि राम्रो प्रदर्शन मिति तय गरिएको निर्माण टिमको दाबी छ।

Hardik ivf

फिल्ममा सन्नी लियोनसँगै विक्रम जोशी (विक्की), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परि रानालगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ।

सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णुदेभाले निर्देशन गरेका हुन्। 
 

प्रकाशित मिति: २०:१६ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्