Kathmandu Press

उदयपुर अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन

उदयपुर अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन


उदयपुर, चैत २ : जिल्ला अस्पताल उदयपुरमा झन्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन्। 

सिकिस्त बिरामीका लागि स्थापना गरिएका भेन्टिलेटर मेसिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन्।

Hardik ivf

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १ करोडको सहयोगमा अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर मेसिन एक वर्षअघि नै स्थापना गरिएको तर चिकित्सक व्यवस्थापन नहुँदा अहिलेसम्म प्रयोगविहीन अवस्थामा छन्।

प्रयोगमा नरहेपछि मेसिन सञ्चालन नहुँदा बिग्रने अवस्था आएको अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए।

भेन्टिलेटर मेसिन सञ्चालन गर्न छुट्टै एनेस्थेसियोलोजिष्ट चिकित्सक व्यवस्थापन गरिदिन आफूहरुले पटकपटक प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म उचित सुनुवाइ नभएको अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाले बताए।

प्रकाशित मिति: १५:०३ बजे, सोमबार, चैत २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्