Kathmandu Press

काठमाडौं उपत्यकाभित्र अब दिनभर मालबाहक सवारी चलाउन नपाइने

काठमाडौं, जेठ १९ : काठमाडौं उपत्यकाभित्र आगामी असार १ गतेदेखि दिनभर कुनै पनि मालबाहक सवारी सञ्चालन गर्न नपाइने भएको छ।

यातायात व्यवस्था....

काठमाडौं उपत्यकाभित्र अब दिनभर मालबाहक सवारी चलाउन नपाइने

काठमाडौं, जेठ १९ : काठमाडौं उपत्यकाभित्र आगामी असार १ गतेदेखि दिनभर कुनै पनि मालबाहक सवारी सञ्चालन गर्न नपाइने भएको छ।

यातायात व्यवस्था विभागले गत बिहीबार उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै असार १ देखि कुनै पनि साना ठूला मालबाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। आइतबार प्रहरी निर्देशनालयले परिपत्र गर्दै असार १ देखि सवारी नचलाउन र कारबाही गर्न निर्देशन दिएको छ। 

उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन सबै खालका मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। निर्माण समाग्री, खाद्यान्न, वोक्ने भ्यान लगायतका सबै प्रकारका मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउन लागिएको हो। 

पानी, दूध, अक्सिजन लगायत आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएका सवारीसाधनलाई बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म चलाउन रोक लगाउन लागिएको हो। यो नियम शनिबार र सरकारको विदाका दिनमा भने लागू हुने छैन।

कसैले नियमको उल्लंघन गरे सवारी ऐन अनुसार जरिवाना हुने विभागले जनाएको छ। असार  १ देखि सवारी अटेर गरेर सञ्चालन गरेमा ट्राफिक प्रहरीले नियन्त्रण गर्ने र जरिवाना गर्ने विभागले जनाएको छ। 
 

प्रकाशित मिति: १९:३० बजे, आइतबार, जेठ १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्