वाग्मती प्रदेशमा स्थानीय सडक सुधार कार्यक्रम
हेटाैंडा, चैत २ : वाग्मती प्रदेशको राजधानी हेटौंडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम...हेटाैंडा, चैत २ : वाग्मती प्रदेशको राजधानी हेटौंडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम सुरु भएको छ। सडक सुधार कार्यक्रम धादिङको धुनिबेँसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा सो कार्यक्रम सुरु भएको हो ।
हेटौंडास्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा आइतबार एक कार्यक्रमबीच वाग्मती प्रदेशका उक्त चार स्थानीय तहसँग सडक निर्माण तथा सुधार कार्यक्रम लागि सम्झौता गरेको छ। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार वाग्मती प्रदेशमा ६० स्थानीय तहले यो कार्यक्रमका लागि माग पठाएकामा चार स्थानीय तहसँग सम्झौता भएको हो ।
कार्यक्रमकको शुभारम्भ गर्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले जनताका लागि उत्कृष्ट काम गरेको जिकिर गरे। उनले स्थानीय तहको केन्द्रबाट प्रदेशको राजधानीसम्म जोड्ने सडक रणनीतिक महत्वको हुने बताए।
परियोजनाका लागि संघ, प्रदेश र स्थानीय तहले लागत साझेदारी गर्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाका प्रमुख मोहन चापागाईंले बताए।
चालु आर्थिक वर्षमा छनोट तथा समझदारी पत्रमा हस्ताक्षर भएका योजनाको क्रमशः विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र कम लम्बाइ भएका आयोजनाको निर्माण कार्य यसै वर्षबाट सुरु गर्ने उनले बताए।
देशभरका ३९२ पक्की सडकको माग भए पनि ६१ स्थानीय तहमा अझै सडक पहँुच नपुगेको अनुमान छ । कार्यक्रममार्फत चालु आवको अन्तसम्ममा २० सडकको निर्माण कार्य शुरु गर्ने लक्ष्य लिइएको छ ।