Kathmandu Press

त्रिभुवन विमानस्थलमा एयर इन्डियाको जहाजले ‘मिस एप्रोच’ गरेपछि ओभरसुट

काठमाडौं, जेठ १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको जहाजले ओभरसुट गरेको छ। जहाजले मिस एप्रोच लिएपछि ओभरसुट गरेको हो।

धावनम....

धावनमार्गमा आइपुग्न लाग्दा अतवरण गर्न नसकेपछि जहाजले ओभरसुट गरेको थियो। जसका कारण जहाज पुनः २० मिनेट आकासमा घुम्नु परेको थियो।

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एआई २१३ कलसाइनको एअरबस ३२०–२१४ सिरिजको जहाज अवतरण हुन नसकेपछि ओभरसुट गरेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

यसअघि गएको चैत ६ गते पनि एयर इन्डियाकै एआई २१३ कलसाइनको जहाजलेमिस अप्रोच हुँदा ओभरसुट गरेको थियो।

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्