Kathmandu Press

रोल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु

रोल्पा, जेठ १९ :  पहिरोले घर पुरिँदा रोल्पाको लुग्री गाउँपालिकाकी गौमाला माझीको मृत्यु भएको छ।

हिजो परेको भारी वर्षाले पहिरो जाँदा उनको....

रोल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु

रोल्पा, जेठ १९ :  पहिरोले घर पुरिँदा रोल्पाको लुग्री गाउँपालिकाकी गौमाला माझीको मृत्यु भएको छ।

हिजो परेको भारी वर्षाले पहिरो जाँदा उनको घर पुरिएको छ। घर आगनमा कुलेसो बनाउँदै गर्दा उनलाई पनि पहिरोले पुरेको स्थानीय बासिन्दाले बताए। उनको घरसँगै रहेको गाउँपालिका कार्यालयमा क्षति पुगेको छ। उनको परिवारजन भने सकुशल रहेका छन्।

उनको शव अझै निकाल्न सकिएको छैन्। पहिरो पन्छाएर निकाल्ने प्रयास भइरहेको उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले बताए।

 

प्रकाशित मिति: ११:२० बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्