अर्थमन्त्रीले भने-माैलिक हककाे संरक्षण गर्न वृद्धाभत्ता बढायाैं
काठमाडौं, जेठ १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेश गरेकाे बजेटकाे बचाउ गरेका छन्।
बिहीबार अर्थ मन्त्रालयले बजेटका वि....

काठमाडौं, जेठ १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेश गरेकाे बजेटकाे बचाउ गरेका छन्।
बिहीबार अर्थ मन्त्रालयले बजेटका विषयमा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले तत्कालीन नागरिकका आवश्यकतालाई परिपूर्ति गर्ने र दिगाे विकासलाई हेरेर दुईधारे नीति लिएर बजेट तर्जुमा गरेकाे बताए।
उनले दाेधारे नीति नभएर दुईधारे नीति लिएर बजेट ल्याएकाे दाबी गरे। अर्थमन्त्री खतिवडाले माैलिक हककाे संरक्षणसहित आर्थिक वृद्धि हासिल गर्न बजेट ल्याइएको पनि दाबी गरे। अर्थमन्त्री खतिवडाले समाजिक सुरक्षा भत्ता वृद्धिकाे आलोचना आउन सक्ने आंकलनले माैलिक हककाे संरक्षण र दिगाे विकास एकै पटक अगाडि बढाएकाे बताए।
उनले ठूला पूर्वाधारकाे विकास निर्माण भएकाे दाबी पनि गरे। खतिवडाले शिक्षा क्षेत्रमा १६.५० प्रतिशत बजेट बढेकाे समेत बताए। शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउँदै लैजाने नीति सरकारको रहेको पनि बताए। आधारभूत स्वास्थ्यका विषयमा समेत बजेट केन्द्रित गरेकाे बताए।
श्रम तथा राेजगारीकाे समस्या समाधान गर्न समेत बजेटलाई केन्द्रित गरिएको उनको भनाइ छ। ज्येष्ठ नागरिकहरु मात्रै नभएर राज्यले संरक्षण गर्नुपर्ने समुदायलाई मासिक भत्ता एक हजार बढाएर माैलिक हककाे संरक्षण गर्न खाेजिएकाे अर्थमन्त्री खतिवडाले दाबी गरे।
अर्थमन्त्री खतिवडाले आगामी वर्ष भाैतिक पूर्वाधार निर्माण द्रुतगतिमा हुने दाबी गरे। उनले उर्जा र सडक पूर्वाधारमा सरकारको विशेष जाेड रहेको बताए।
फाष्ट ट्रयाक, पूर्वपश्चिम सडक विस्तार, रेल, पानी जहाज, ठूला विमानस्थल निर्माणमा सरकारले बजेटमार्फत प्राथमिकता दिएकाे उनले बताए। शहरकाे विकास, सुरक्षित आवास तथा खेलकुद पूर्वाधारकाे विकासमा पनि विशेष जाेड दिइएकाे उनको दाबी छ।










-1754206481.jpg)
