सवारीसाधनमा कर बढेन, उपभोक्तालाई राहत
काठमाडौं, जेठ १५ : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा पेश गरेको बजेटमा सवारीसाधन करमा कुनै परिमार्जन गरिएको छैन। यस....

काठमाडौं, जेठ १५ : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा पेश गरेको बजेटमा सवारीसाधन करमा कुनै परिमार्जन गरिएको छैन। यसले सवारी उपभोक्तादेखि व्यवसायीसम्मलाई राहत दिएको छ।
आगामी आर्थिक वर्ष २०७६ ÷७७ का लागि अर्थमन्त्री खतिवडाले पेश गरेको बजेटमा करको दरमा कुनै फेरबदल भएको छैन। चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले सवारीसाधनमा इन्जिन क्षमताका आधारमा अन्तशुल्क वृद्धि गरेका थिए। चार पांग्रे तथा दुई पांग्रे सवारीमा इन्जिन क्षमताका आधारमा अन्तशुल्क बढाएको थियो।
सवारी साधनलाई विलाशी साधनको रुपमा हेर्दै आएको सरकारले निश्चित सीसीसम्मका सवारीको अन्तशुल्क कर कायम गरेको थियो।










-1754206481.jpg)
