Kathmandu Press

अधिकारका लागि लड्न रैथाने एकता परिषद्को आग्रह

विराटनगर, फागुन १५ : पाँच वर्षदेखि तराई–मधेशमा उपस्थिति जनाउँदै आएको रैथाने एकता परिषद्ले युवालाई अधिकारको लडाइँमा जागरुक रहन आग्रह गरेको छ।रैथाने एकता परिषद्को...
अधिकारका लागि लड्न रैथाने एकता परिषद्को आग्रह

विराटनगर, फागुन १५ : पाँच वर्षदेखि तराई–मधेशमा उपस्थिति जनाउँदै आएको रैथाने एकता परिषद्ले युवालाई अधिकारको लडाइँमा जागरुक रहन आग्रह गरेको छ।

रैथाने एकता परिषद्को प्रदेश १ कमिटीद्वारा शनिबार विराटनगरमा आयोजित अन्तरक्रियामा परिषद्का संयोजक सन्तोष बराईलीले पहिचानको लडाइँमा संगठित बन्नुपर्ने बताए। संयोजक बराईलीले रैथानेलाई सबल र सक्षम बनाउने अभियानमा समाहित हुन आग्रह गरे। उनले तीन तहको सरकारमा हुने गरेका क्रियाकलापमा रैथाने युवाले विशेष चासो राख्नुपर्नेमा बताए।

Hardik ivf

कार्यक्रममा रैथाने एकता परिषद्का मोरङ अध्यक्ष नरेश दनुवारले मोरङमा २१ वटा विभिन्न जातजाती आदिवासी जनजाती सूचीकृत भएको बताए।

कार्यक्रममा परिषद् प्रदेश १ का महासचिव अमरेन्द्र सिंहले रैथानेका लागि अब युवासँग एकताबद्ध हुँदै सरकारसँग हक–अधिकारको माग गर्नुपर्ने उल्लेख गरे।

प्रकाशित मिति: १९:५२ बजे, शनिबार, फागुन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्