Kathmandu Press

हात्तीको दाह्रासहित एक पक्राउ

बाँके, फागुन १२ : हात्तीको दाह्रासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–४ तिलकपुर बस्ने ३९ वर्षीय पुरन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ...
हात्तीको दाह्रासहित एक पक्राउ

बाँके, फागुन १२ : हात्तीको दाह्रासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

बैजनाथ गाउँपालिका–४ तिलकपुर बस्ने ३९ वर्षीय पुरन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले अनुसन्धानको क्रममा चौधरीको घर पछाडी बारीको खाल्डोमा लुकाई राखेको अवस्थामा उक्त दाह्रा फेला पारेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्