Kathmandu Press

किराँत राई संघको सभापतिमा धर्मराज राई

किराँत राई संघको सभापतिमा धर्मराज राई

काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसको भातृ संस्था नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन भएको छ।

बुधबार रिपोर्टस क्लब नेपालमा आयोजित एक कार्यक्रममा कांग्रेसको भातृ संस्था नेपाल जनजाती संघअन्तर्गत रहने गरी किराँत राई संघ गठन गरिएको हो।

संघको तदर्थ समिति सभापतिमा धर्मराज राई, उपसभापति विमला राई, महामन्त्री डा. राजकुमार राई, सहमहामन्त्रीद्धय प्रज्ञावती राई र सुर्यबहादुर कुलुङ राई तथा कोषाध्यक्ष शारदा सन्तोषी राई चयन भएका छन्।

त्यस्तै, सदस्यहरुमा वीरकाजी राई, विदुर राई, नन्दराज राई, हिमाली राई, लेखबहादुर राई, बगेंद्र राई चयन भएका छन्।

यसैगरि सदस्य तथा कार्यालय चिव प्रेमकुमार राई, संस्थापक सल्लाहकारहरु आनन्द सन्तोषी राई, गणेश राई, टंकप्रसाद राई, सल्लाहकारहरु कुमारी लक्ष्मी राई, सर्वधन राई, प्रमिला राई, विष्णुकुमार राई, नन्दमनी राई र दिलकुमारी राई रहेका छन् ।

 

प्रकाशित मिति: २०:२५ बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्