Kathmandu Press

सांसदहरुलाई मूल पार्टीमा फर्कन प्रचण्ड-नेपालको अनुरोध

काठमाडौं, फागुन १२ : नेकपा (प्रचण्ड-नेपाल) समूहले आफू मूल पार्टी रहेको जनाउँदै सांसदहरुलाई मूल पार्टीमा फर्किन आग्रह गरेको छ।बुधबार बसेको नेकपा संसदीय दलको...
सांसदहरुलाई मूल पार्टीमा फर्कन प्रचण्ड-नेपालको अनुरोध

काठमाडौं, फागुन १२ : नेकपा (प्रचण्ड-नेपाल) समूहले आफू मूल पार्टी रहेको जनाउँदै सांसदहरुलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ।

बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पमकल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूहरुले नेतृत्व गरेको नेकपा नै मूल पार्टी भएको बताएका छन्। प्रचण्ड नेपालले ओली समूहमा गएका सांसदलाई मूल पार्टीमा फर्किन आग्रह गरेका हुन्।

Hardik ivf

संसदीय दलको बैठकबारे जानकारी दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले गुट उपगुटमा रहेका सांसदलाई संसदीय दलमा फर्किन आग्रह गरेको बताए।

त्यस्तै, नेकपा संसदीय दलको बैठकले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने काम गरेको ठहर गरेको छ। सर्वोच्चको फैसलालाई नेकपा संसदीय दलले ऐतिहासिक भनेको छ।

यसको उच्च मूल्यांकन गरेको प्रवक्ता श्रेष्ठले बताए।  ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई पार्टीले उच्च मूल्यायंकन गर्दै अगाडि बढ्नेछौ,’ श्रेष्ठले भने।

संविभानको कार्यान्वयन प्रकृया गम्भीरतापूर्वक अगाडि बढाउने उनको भनाइ थियो।

पार्टी एकताको सम्भावना भने कम भएको उनले बताए। 'केपी शर्मा ओलीले अहिलेसम्म राजीनामा दिनु भएको छैन्। यस्तो अवस्थामा पार्टी एकता सम्भावना निकै कम छ, उनले भने, ‘असंवैधानिक कदम चालेर, अलोकतान्त्रिक, प्रतिगमनकारी कदम चालेकोमा आत्मआलोचना छैन।’

अझै पनि प्रचण्ड र नेपाल पार्टी एकताको पक्षमा रहेको उनले बताए। तर, प्रधानमन्त्री ओलीका क्रियाकलापले पार्टी एकता हुने सम्भावना नदेखिएको उनले बताए।

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्