रामकुमार कार्कीले ल्याए ‘जे गरेनी चल्यो..’
काठमाडौं, जेठ १५ : देशको राजनीति र यसले समाजमा उत्पन्न गरेका विसंगति लोक दोहोरी गीतका मुख्य मुद्दा बनिरहेका छन्। मुलुकको राजनीति र विसंगतिलाई नै ....

काठमाडौं, जेठ १५ : देशको राजनीति र यसले समाजमा उत्पन्न गरेका विसंगति लोक दोहोरी गीतका मुख्य मुद्दा बनिरहेका छन्। मुलुकको राजनीति र विसंगतिलाई नै व्यङ्ग्य गरिएको लोक गीत ‘जे गरेनी चल्यो...’ युट्युबमा रिलिज भएको छ।
लोक गायक राम कुमार कार्की र पार्वती कार्कीले स्वर भरेको गीतको भिडियो निर्देशन रविन शाहले गरेका छन्। गीतको रचना गायक राम कुमार पौड्यालले गरेका हुन् भने भिडियोमा रमा थपालिया र सुरबिर पण्डित मुख्य भूमिकामा देखिएका छन्।
संस्कार सबै ढलेर विसंगति निम्तिएका कुरा गीतमा समेटिएको छ भने गरिबलाई कतैबाट पनि न्याय र सुविधा नभएको मुद्दालाई पनि प्राथमिकतामा राखिएको छ।
हेर्नुस् भिडियो:
प्रकाशित मिति: १५:३५ बजे, बुधबार, जेठ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












