Kathmandu Press

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ असोज ३ मा रिलिज हुने

काठमाडौं, जेठ १५ : निश्चल बस्नेत र स्वस्तिमा खड्काका पहिलो पटक ठूलो पर्दामा सँगै देखिने भएका छन्। उनीहरूको फिल्म ‘घामड शेरे’को प्याकअप गरि....

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ असोज ३ मा रिलिज हुने

काठमाडौं, जेठ १५ : निश्चल बस्नेत र स्वस्तिमा खड्काका पहिलो पटक ठूलो पर्दामा सँगै देखिने भएका छन्। उनीहरूको फिल्म ‘घामड शेरे’को प्याकअप गरिएको छ।

निश्चल र स्वस्तिमा दम्पत्ती हुन्। यो जोडी पहिलो पटक फिल्ममा सँगै देखिन लागेको हो। यो फिल्मको छायांकन ३८ दिनमा सकिएको छ। फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरिएको छ।

छायांकन पूरा गरेर निर्माण टिम बुधबार काठमाडौं फर्किएको छ। यो फिल्मलाई हेमराज विसीले निर्देशन गरेका छन्।

सामाजिक विषयवस्तुमा आधारित ‘घामड शेरे’ असोज ३ गते देशैभर प्रदर्शन हुने जनाएको छ।

यसमा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ।

प्रकाशित मिति: १४:४२ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्