लागूऔषधसहित एक जना पक्राउ
भक्तपुर, फागुन ९ : लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ...भक्तपुर, फागुन ९ : लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ ।
भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रहरीले चमारका साथबाट अवैध डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको जनाइएको छ ।
प्रकाशित मिति: १७:०९ बजे, आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानले नयाँ दिल्लीको राजदूतावास बन्द गर्याेशुक्रबार, मंसिर ८, २०८०
रास्वपाबाट अलग भइन् उपसभामुख इन्दिरा रानामगर सोमबार, माघ ९, २०७९
आज देशभर धुमधामसँग ईद पर्व मनाइँदैमंगलबार, वैशाख २०, २०७९
आज तमु ल्होसार पर्व धुमधामसँग मनाइँदैबिहीबार, पुस १५, २०७८