Kathmandu Press

चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, माघ ११ : चट्यांङले मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा क्षति पुगेपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

मछाइनमा रहेको ....

चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, माघ ११ : चट्यांङले मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा क्षति पुगेपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।

मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ । रिपिटर टावरमा परेको चट्याङले त्यहाँ रहेको सोलार व्याट्री, अन्य उपकरणमा क्षति पुगेको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले बताए ।

Hardik ivf

दुई दिनदेखि प्राविधिक टोली कामका खटिए पनि टावर निर्माणको काम सफल नभएको उनले बताए । शुक्रबार पनि टावरमा आएको समस्या निराकरण गर्न नसके नेपालगञ्जबाट थप जनशक्ति ल्याएर मर्मतकार्य गरिने भण्डारीको भनाइ छ ।

टावरले काम नगर्दा जिल्ला सदरमुकाम र गाउँगाउँमा रहेका स्थानीय सरकारको सम्पर्क टुटेको छ । निजी क्षेत्रका सञ्चार प्रदायक कम्पनीको जाजरकोटका गाउँगाउँमा सेवा विस्तार नहुँदा नेपाल टेलिकमको सेवामा नै भर पर्नु पर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, माघ ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्