Kathmandu Press

पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर    

खोटाङ, फागुन ६ः जनसेवा समाज नेपाल र डिटुएन फाउन्डेसन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । अमेरिकी...
पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर    
Hardik ivf

खोटाङ, फागुन ६ : जनसेवा समाज नेपाल र डिटुएन फाउन्डेसन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । अमेरिकी सहयोगमा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित कोरोना सहायता परियोजनाअन्तर्गत दूरदराजमा रहेका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार स्वास्थ्य शिविर सुरु गरिएको हो।

जनसेवा सामुदायिक अस्पताल जालपासँगको सहआयोजनामा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाबाट सरु गरिएको स्वास्थ्य शिविरमा विशेषज्ञसहितको टोली सहभागी छन् । वडा ३ ऐसेलुखर्क बजारमा आयोजित स्वास्थ्य शिविरको पहिलो दिन २ सय २४ जनाको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए।     
     
ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल, माक्पा, राखाबाङङ्देल, ऐसेलुखर्क, महेश्वरी र जलेश्वरीका सर्वसाधारणलाई लक्ष्य गरेर विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा, दाँत, भिडियो एक्स–रे, आमा तथा शिशुको स्वास्थ्य परीक्षण, सर्भाइकल परीक्षणलगायत सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको जनाइएको छ।

स्थानीय बासिन्दाको गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सेवाग्राहीसमेत हर्षित भएका छन् । १५ शैयाको एक मात्र सरकारी अस्पताल रहेको जिल्लामा दूरदराजका स्थानीय बासिन्दाका लागि सामान्य किसिमको बिरामी पर्दासमेत ठूलो आर्थिकभार बेहोरेर स्वास्थ्योपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ।     

प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्