Kathmandu Press

प्रहरीलाई कुटपिट गरेको अभियोगमा तीन जना पक्राउ

मोरङ, फागुन ६ : प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका–१८ रेलवे स्टेसनबाट १९ वर्षीय सन्जिबकुमार यादसहित  तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...
प्रहरीलाई कुटपिट गरेको अभियोगमा तीन जना पक्राउ

मोरङ, फागुन ६ : प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका–१८ रेलवे स्टेसनबाट १९ वर्षीय सन्जिबकुमार यादसहित  तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष कामले को२३प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरीलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति विसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसेर कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्