जबर्जस्ती करणी अभियोगमा काठमाडौंबाट एक जना पक्राउ
काठमाडौं, फागुन ६ : जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१०...
काठमाडौं, फागुन ६ : जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० सिप्रदीमा डेरा गरी बस्ने खोटाङ खिदिम गाउँपालिका–७ का १९ वर्षीय सागर राई बुधबार साँझ पक्राउ परेका हुन् ।
राईले ती किशोरीलाई डरत्रास देखाई पटक पटक जबर्जस्ती करणी गर्ने गरेको खुलासा भएको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












