रेनोको गाडीमा ‘बजेट अघि बेनिफिट’ अफर
काठमाडौं, जेठ १४ : आगामी आर्थिक वर्षको बजेटलाई लक्षित गरी रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले ‘रेनो बजेटअघि बेनिफिट’ अफर सार्व....

काठमाडौं, जेठ १४ : आगामी आर्थिक वर्षको बजेटलाई लक्षित गरी रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले ‘रेनो बजेटअघि बेनिफिट’ अफर सार्वजनिक गरेको छ।
आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभ लिन सक्ने एड्भान्स अटोमोबाइलले जनाएको छ।
यस अफरअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
त्यसबाहेक ग्राहकले रेनो गाडी बुकिङ वा खरिद गर्दा निःशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा पाँच वर्षसम्मको वारेन्टी पाउन सक्नेछन्।
यस अफरका लागि रेनो ब्रान्डका केडब्ल्यूआईडी, डस्टर र क्याप्चर गाडीमा उपलब्ध रहने एड्भान्सले बताएको छ।
प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, जेठ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
